Skip to main content

Khabar Samachar

Search
Close this search box.

भीम रावलको अभियानमा लागेको भन्दै पूर्व सांसदसहित पाँच नेता एमालेबाट निष्कासित

227
VIEWS

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले एमालेका पाँच जना नेताहरूलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेका पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीको कारबाहीमा पर्नमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य छन् ।

प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खड्कालाई यस अघि पनि स्पष्टीकरण सोधिएको थियो । पहिलो पटक स्पष्टीकरण सोध्दा चित्त बुझ्दो जवाफ दिएका कारण एक पटकको लागि कारबाही नगर्ने भनिएको तर, फेरी सोही गतिविधिमा संलग्न रहेपछि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्का प्रदेश सल्लाहकार परिषद् सदस्य कुँवरलाई यस अघि नै तीन महिनाको लागि निष्कासन गरिएको जानकारी दिँदै फेरी पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।कुवर पूर्व प्रदेश सभा सदस्य हुन् ।उनी प्राकृतिक स्रोत समिति सभापति समेत भएका थिए ।

प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए ।

प्रदेश कमिटी सदस्य विकलाई यस अघि नै स्पष्टीकरण सोध्दा पनि उनले स्पष्टीकरण नबुझाएको एमालेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित