Skip to main content

Khabar Samachar

Search
Close this search box.

संविधान जोगाउन प्रतिनिधिसभा पुनर्स्थापित हुनैपर्छ : ओली

204
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादीबाट एमाले फर्किएकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले लोकतन्त्र फर्काउने बाटोतर्फ अग्रसर हुन आह्वान गरे।

‘प्रतिनिधिसभा पुनर्स्थापित गरेर मात्र देशलाई ट्र्याकमा फर्काउन सकिन्छ। हामीले राष्ट्रिय राजनीतिको यथार्थ चित्र स्पष्टसँग राखेका छौं’ ओलीले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्रका लागि संविधान चाहिन्छ। संविधानका लागि प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्छ।’

प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र विकल्प भएको भन्दै ओलीले देशभरका पार्टी कमिटीलाई त्यसैमा केन्द्रित भएर अभियान चलाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित