Skip to main content

Khabar Samachar

Search
Close this search box.

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त

212
VIEWS

नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका छन् । बुधबार उनले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित