Khabar Samachar

Search
Close this search box.

ताइवान भ्रमण गरेकामा कुनै पछुतो छैन – अमेरिकी सभामुख न्यान्सी पेलोसी

204
VIEWS

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानलाई अमेरिकाको साथ छ भन्ने सन्देश दिन आफूले ताइवान भ्रमण गरेको बताएकी छन् । उनले ताइवानमाथि चीनको दबाब अमेरिकालाई स्वीकार्य नहुने पनि बताएकी छन् ।

न्यान्सी पेलोसीले हालै ताइवानको भ्रमण गरेकी थिइन्, जसको विरोधमा चीनले ताइवाननजिकै सैन्य अभ्यास गरेको थियो। न्यान्सी पेलोसीको यो बयान चीनको सैन्य अभ्यास सकिएपछि आएको हो।

न्यान्सी पेलोसीले आफूले ताइवान भ्रमण गर्नुको उद्देश्य त्यहाँको लोकतन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो छैन भनेर देखाउन भएको बताएकी छन्।

न्यान्सी पेलोसीको ताइवान भ्रमण टोलीमा सहभागी ग्रेगरी मिक्सले बीबीसीसँग भनेकी छन्, ‘पेलोसीलाई ताइवान भ्रमणप्रति कुनै पछुतो छैन र अमेरिका आफ्ना मित्रहरूसँग उभिएको देखाउन आवश्यक छ।’

चिनियाँ सैन्य अभ्यास सकिएलगत्तै पेलोसीले ताइवानको लोकतन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो छैन भन्ने सन्देश दिन आफूले त्यहाँको भ्रमण गरेको बताएको बीबीसीले जनाएको छ ।

ताइवान भ्रमण टोलीको एक सदस्य ग्रेगरी मिक्सले पनि अमेरिका आफ्ना साथीहरुसँगै छ भन्ने देखाउन ताइवान भ्रमण भएको बताएको बीबीसीको समाचारमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित