Skip to main content

Khabar Samachar

Search
Close this search box.

छठका अवसरमा मधेसमा आज सार्वजनिक बिदा

203
VIEWS

छठका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

छठको अन्तिम दिन मधेस सरकारले सार्वजनिक बिदा दिएको हो।

केन्द्रीय सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा प्रदेशभर बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए।

छठमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन्।

छठमा सूर्यदेवको उपासना गरिन्छ। निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।

अर्घ्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन्। यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ।

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित