Khabar Samachar

३५ दिनभित्र भाडाको बक्यौता रकम तिर्न व्यवसायीलाई पशुपति क्षेत्र विकास कोषको निर्देशन

228
VIEWS

पशुपति क्षेत्र विकास कोषले भाडामा पसल चलाउने व्यवसायीहरुलाई आगामी ३५ दिनभित्र भाडाको बक्यौता रकम तिर्न निर्देशन दिएको छ। कोषले बुधबार एक सूचना प्रकाशित गर्दै कोषसँग सम्झौता गरी भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुले ३५ दिनभित्र बक्यौता रकम नतिरे चल–अचल सम्पत्ति जफत गर्ने चेतावनी कोषले दिएको हो।

कोषको स्वामित्व मातहत रहेका भण्डारखालस्थित पसल कवलहरु, अमालकोट कचहरीस्थित पसल, लामपोखरी चावहिलस्थित पसल, सुमार्गी भवन, सुमार्गी भवन अगाडिका पसललाई यस्तो समयावधि दिएको हो।

यी क्षेत्रमा रहेका सोभिनियर पसल कवल, भण्डारखाल पार्किङ, उमाकुण्ड पार्किङ, वनकालीस्थित बी ११ मा रहेको पार्किङ र कोषसँग सम्झौता गरी सञ्चालनमा रहेका सबैले कोषलाई बक्यौता नतिरेको पाइएको छ।

यी पसलहरुले ३५ दिन भित्र कोषलाई बुझाउनुपर्ने बक्यौता रकम नतिरे चल–अचल सम्पत्तिबाट जफत गरिने कोषले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित