नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।
बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको हो ।
Discussion about this post