Khabar Samachar

Search
Close this search box.

भुटानी शरणार्थी बनाएर ठगी धन्दा : सचिव पाण्डेसहित पक्राउ परेका आठै जनाविरुद्ध सात दिनको म्याद थप

218
VIEWS

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा पक्राउ परेका आठै जनाविरुद्ध सात दिनको म्याद थप गरिएको छ। थप अनुसन्धानका लागि उनीहरुविरुद्ध संगठित ठगीको कसुरमा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा एसपी सीताराम रिजालले बताए।

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई र एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।यही प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि तत्कालीन मन्त्री टोपबहादुर रायामाझी भने हाल सम्पर्कविहीन छन् ।त्यस्तै, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री पत्नी आर्जु राणाको पनि नाम मुछिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित