Khabar Samachar

कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ढुंगामुढा

204
VIEWS

कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ।

सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेका हुन्।

जबर्जस्ती करणीका आरोपी पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरी र पीडित परिवारमाथि गाउँलेले आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

‘स्थानीयले प्रहरीमाथि ढुंगा हानेका छन्, आरोपित हत्कडीसहित फरार भएका छन्,’ उनले भने, ‘जिल्ला सदरमुकामबाट ४ घण्टा गाडीमा गएर पनि ६ घण्टा हिँड्नुपर्ने ठाउँ हो, भागेकालाई खोज्न समय लाग्ने भएको छ।’

उनका अनुसार घाइते प्रहरीको उद्धार र फरारलाई खोजी गर्न जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल गएको छ। आरोपित बुढालाई प्रहरीले भेटाएर हत्कडी लगाई सदरमुकामतर्फ ल्याउँदै गर्दा आफन्तले ढुंगामुढा गरेका थिए।

गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँतामा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाबाट पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

एसएसपी काफ्लेले घाइतेहरूको अवस्था सामान्य भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित