भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँस्थित ओडिशा राज्यको बालासोरमा भएको भयानक रेल दुर्घटनाको स्थलगत भ्रमण गर्ने भएका छन्। सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार प्रधानमन्त्री मोदी शनिबार कटकको अस्पतालमा घाइतेहरूलाई भेट्न जानेछन्।
बालासोरमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या अहिलेसम्म २३८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
रेलमन्त्री अश्विनी वैष्णव र ओडिशाका मुख्यमन्त्री नवीन पटनायक पनि शनिबार बिहान घटनास्थल पुगेका छन्।
दुर्घटनाको कारणबारे रेलमन्त्रीलाई सोध्दा उनले भने, ‘उच्चस्तरीय समिति बनाइएको छ, अनुसन्धानपछि मात्रै केही भन्न सकिन्छ।’
Discussion about this post