Khabar Samachar

Search
Close this search box.

लोसपाका अध्यक्ष ठाकुर दिल्ली प्रस्थान

204
VIEWS

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेकाे लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारत भ्रमण सकेर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड दिल्ली जानुअघि जनमत पार्टीका अध्यक्ष सिके राउत पनि दिल्ली पुगेका थिए । राउत भारतीय जनता पार्टीका नेता तथा सरकार पक्षका केही व्यक्तिलाई भेटेर फर्केका थिए । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यसतर्फ गएका थिए । त्यसको केही दिनपछि महानगरपालिका मेयर बालेन साह पनि भारत पुगेका थिए । उनीहरु आफ्नो व्यक्तिगत कामका लागि भारत गएको दावी गरिएको छ ।

सोही सिलसिलामा लोसपाका अध्यक्ष ठाकुर पनि दिल्ली जान लागेको बुझिएको छ । स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले बताएको छ ।

अध्यक्ष ठाकुर उपचार सकेर एकसातापछि स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित