Khabar Samachar

Search
Close this search box.

ललितपुरको इमाडोलमा बस दुर्घटना १८ घाइते

235
VIEWS

ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए।

६ जनाको अवस्था सामान्य रहेको घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी  अस्पताल पुर्‍याइएको जानकारी दिए।

बसका चालक २४ वर्षीय सुजन पनि घाइते छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर डाँगीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित