Khabar Samachar

Search
Close this search box.

महानगरले नगरप्रहरीको संख्या ५ सय पुर्‍याउने, ३ सय कुचीकार र २६९ स्वास्थ्यकर्मी थप्ने

206
VIEWS

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षभित्र नगरप्रहरीको संख्या पाँच सय पुर्‍याउने भएको छ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज प्रस्तुत गरेको बजेटमा महानगर प्रहरीको दरबन्दी थप गरी पाँच सय जना पुर्‍याउने निर्णय गरिएको जानकारी दिइन्।

हाल महानगरमा ३७५ जनाको दरबन्दी छ। महानगर प्रहरीको जिम्मेवारी बढेको कारण प्रहरी थप गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

त्यस्तै फोहोरमैला व्यवस्थापन  र वातावरण व्यवस्थापनका र वातावरण क्षेत्रसँग सम्बन्धित विभागीय कार्यक्रमका लागि महानगरले ८७ करोड ९३ लाख विनियोजन गरेको छ।

महानगरको जनशक्ति अभावलाई  तत्काल परिपूर्ति गर्न तीन सय जना कुचिकार पनि  थप्ने निर्णय गरेको  छ।

त्यस्तै ५१ जना कार्यालय सहयोगी, २६९ स्वास्थ्यकर्मी  र  १५१ जना नगरप्रहरीलाई करार सेवामार्फत परिपूर्ति गरिने बजेटमा उल्लेख छ।

नगरप्रहरी लगायतका जनशक्ति व्यवस्थापनका लागि महानगरले तीस करोड विनियोजन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित