Skip to main content

Khabar Samachar

Search
Close this search box.

पुन: कोरिया जान नपाएको भन्दै फर्केकाले किन घेरे ईपीएस

211
VIEWS

कोरियामा ५ वर्ष बसेर नेपाल फर्किएकाहरुले पुन: कोरिया जान नपाएको भन्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन् ।

ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले प्रदर्शन गरेका हुन्।

दक्षिण कोरियाका रोजगारदाताले एक पटक कोरिया पुगेर आएका भन्दा पनि नयाँ कामदार लैजाने गरेपछि यसअघि नै कोरियामा काम गरेर फर्किएकाहरु रोजाइमा नपरेको गुनासो उनीहरुको छ।

‘कोरिया रिटर्नी’हरुमधध्ये पुन: भाषा परीक्षा दिएर सूचीमा रहेका मध्ये ५ प्रतिशत पनि जान पाएका छैनन्। आफूहरुलाई विभेद गरिएको उनीहरुको गुनासो छ। करिब ७-८ सयको संख्यामा उपस्थित भएर उनीहरुको माग सम्बोधन गर्न दबाब दिएका हुन्।

यसैक्रममा पीडित र ईपीएस शाखा कार्यालयबीच सहमति भएको शाखा प्रमुख पुष्पराज कट्वालले बताएका छन्। परीक्षा पास भएर बसेकाहरुलाई नलगेसम्म नयाँ परीक्षा नगर्ने, महिलाको हकमा छुट्टै कोटा छुट्याउने लगायतको सहमति भएको छ।

पीडित मध्ये सबै प्रदेशबाट २/२ जना प्रतिनिधि सहितको टोली र ईपीएस शाखा कार्यालयका प्रतिनिधिको टोलीले उक्त सहमति गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित