Khabar Samachar

प्रहरीद्वारा ललिता निवासमा प्रकरणमा मुछिएका आरोपीतहरु लाई प्रकाउ गर्ने तयारी

206
VIEWS

ललिता निवासमा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई मंगलबारबाट प्रहरीले पक्राउ गर्न थालेको छ।

उक्त प्रकरणमा हाई-प्रोफाइलसहितका १७५ जनाविरुद्ध मुद्दा चलाइए पनि १ जना शोभाकान्त ढकाल मात्रै थुनामा रहेका छन्।

अहिलेसम्म १३३ जनासँग अदालतले थुनछेक बहस समेत गरिसकेको छ। अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात धरौटीमा रिहा भएका थिए।

बस्न्यातलाई २०७७ मंसिर २८ गते विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो।

थुनछेक बहस सकिएकामध्ये ५४ जना विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका छन्।

बाँकी ७७ जनासँग धरौटी लिएर छाड्ने आदेश भएको छ। विशेषले उनीहरुसँग २० हजार रुपैयाँदेखि २ करोड रुपैयाँसम्म धरौटी माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित