Khabar Samachar

कांग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु : गगन थापा

210
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । एउटै व्यक्ति ५÷६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए ।

नेपाली कांग्रेस दोलखा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गरे।

उनले भने, ‘एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस्। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारणमध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु, खासगरी पार्टीहरु जमेको पोखरीजस्तो भयो।’

उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे। दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो।

महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

‘मैले नेपाली कांग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो। किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने? उत्तर के हो त्यसको? यो कुनै गुटको कुरा होइन?,’

उनले भने,’यो देश बदल्नै पर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ। तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। म बदलिन तयार छु भनेको मैले पटक–पटक भनेको छु– दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित