Khabar Samachar

Search
Close this search box.

नाबालिगलाई क्लब छिर्न दिएको आरोपमा एलओडीका कर्मचारी नियन्त्रणमा

224
VIEWS

काठमाडौं प्रहरी परिसरले चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । एलओडीका दुई सन्चालकलाई सरकारी वकिल कार्यालयले छाडेको केही दिनपछि प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा म्यानेजर सहदेव स‍ेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको जनाइएको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले यसअघि सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।

नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका साहुलाई नियन्त्रणमा लिएको थियो । ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित