Khabar Samachar

सांसद सोबिता गौतमले जितिन ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड’

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड’ पाउने भएकी छन्।

‘द वन योङ वर्ल्ड’ले १५ जना सर्टलिस्टेडबाट छनौट भएका पाँच जनामा गौतम पनि परेकी हुन्। सर्ट लिस्टमा चिलीकी महिला तथा लैंगिक समता मन्त्री एन्टोनिया कस्मिकालगायत विभिन्न देशका १५ जना सांसद, मेयर थिए।

उत्कृष्ट ५ मा नेपालकी सोबिता, क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट, न्युजिल्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलाती परेका हुन्।

‘द वन योङ वर्ल्ड’ले २७ वर्षीया सोबितालाई नेपालको इतिहासमा सबैभन्दा कम उमेरकी महिला सांसद दाबी गरेको छ।

‘बिजुली नभएको गाउँमा जन्मेकी र कम सुविधा सम्पन्न सरकारी विद्यालयमा पढेकी गौतम राजनीतिमा उक्लिएका छन्, उनको भाषणलाई सामाजिक सञ्जालमा लाखौंले हेरेका छन्। उनी स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र विपन्न वर्गका अधिकारहरूमा पहुँचका लागि क्रियाशील रहेकी छन्,’ संस्थाले आफ्नो वेबसाइटमा लेखेको छ।

सोबिताले संवैधानिक परिषद् ऐन र भ्रष्टाचार विरोधी ऐन, आर्थिक न्याय, भूमिसुधार नीति र नागरिक उड्डयन क्षेत्रलाई बलियो बनाउन आवाज उठाएको पनि संस्थाले दाबी गरेको छ। हाल कानून, न्याय र मानव अधिकार समितिमा रहेकी उनी संसदमा महत्त्वपूर्ण प्रभाव पार्ने प्रयासमा रहेको पनि चिनाइएको छ।

भ्रष्टाचार उन्मूलन गर्ने लक्ष्य राखेको राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यका रूपमा गौतमको निर्णायक भूमिकाले पार्टीलाई स्थापना भएको केही महिनामै देशको चौथो ठूलो राजनीतिक संस्था बन्न प्रेरित गरेको पनि संस्थाले उल्लेख गरेको छ।

संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८–३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्दै आएको संस्थाले बताएको छ।

संस्थाले बेलफास्ट, बेलायतमा आगामी २ देखि ५ अक्टोबरसम्म द वन योङ वर्ल्ड समिट गर्ने छ। अवार्ड वितरण पनि त्यहीँ हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित