काठमाडौं महानगरपालिकाले प्रहरी स्कर्टिङको सहयोग लिएर सिसडोल र बन्चरे डाँडामा फोहोर लान थालेको छ।
नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले १ साउनदेखि फोहोर फ्याँक्न नदिने बताएसँगै काठमाडौंको फोहोर उठ्न सकेको थिएन।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेंसी नगरपालिकाका स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलिएको गुनासो गरेका थिए।
उनीहरुले आफूहरूको माग सम्बोधन नभएको भन्दै १ साउनदेखि फोहोरमैला फ्याँक्न बन्द गराउँदै आन्दोलन घोषणा गरेका छन्।
Discussion about this post