Khabar Samachar

शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीबाट निलम्बन गर्न गगन थापाको लिखित माग

205
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार र सुशासनसँग सम्बन्धित विषयमा आफ्नो निजी विचारलाई लिखित रुपमा पार्टीको केन्द्रीय समिति बैठकमा दर्ज गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता–कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गर्नुपर्ने उनको माग छ ।

आफ्नो १३बुँदे मतमा थापाले जुनसुकै तहको नेता, कार्यकर्ता वा सदस्य अनुसन्धानको दायरामा आएपछि अनुसन्धान प्रक्रियालाई सहयोग गर्न मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पार्टीको पदीय भूमिकाबाट राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् ।

‘गम्भीर आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो, पार्टीको विषय बन्नु हुँदैन । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा आरोपित हुनसक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नुहुँदैन’, उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित