Skip to main content

Khabar Samachar

Search
Close this search box.

वाग्नरका मालिक येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको अनुमान

204
VIEWS

वाग्नरका मालिक येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको अनुमान गरिएको छ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । उनको हवाई जहाज दुर्घटना भएता पनि उनको मृत्यु भएको रुसले कुनै पुष्टी गरि सकेको छैन । उनि उक्त बिमानमा रहेको भनेता पनि प्रिगोजिन समर्थित संचार माध्यमले उनको निधन भएको समाचार लेखेका छन् ।

तर अन्तर्राष्ट्रिय कुनै पनि पत्र पत्रिकाले किटान गर्दै उनको शव आदी इत्यादी फेला परेको अहिले सम्म पनि समाचार लेखेका छैनन । यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रिगोजिन एक “प्रतिभाशाली व्यक्ति” थिए जसले “गम्भीर गल्तीहरू” गरे भनि दुर्घटना पछि आफ्नो पहिलो टिप्पणी गरेका छन् ।

उनले “सबै पीडितका परिवारलाई समवेदना पठाएका छ्न । यो एक त्रासदी हो र रुसको अनुसन्धान समितिले दुर्घटनाको अनुसन्धान गरिरहेको उनले बताए।

तसै गरि अमेरिकी रक्षा विभागले वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको रुसमा बुधबार भएको विमान दुर्घटनामा “सम्भवतः” मृत्यु भएको विश्वास गरेको छ ।

पेन्टागनका प्रवक्ता प्याट्रिक राइडरले बिहीबार पेन्टागनसँग “अहिले संकेत गर्न कुनै जानकारी छैन” भने । उनले विमान सतहबाट हावामा क्षेप्यास्त्रले खसालिएको बताए ।

रुसी भाडा समूह वाग्नरका प्रमुख प्रिगोजिनलाई निजी बिमानमा यात्रुको रूपमा सूचीबद्ध गरिएको थियो । विमानमा जम्मा १० जना सवार थिए, ती सबैको मृत्यु मस्कोबाट सेन्ट पिटर्सबर्ग जाने क्रममा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित