Khabar Samachar

पेप्सीकोला दुर्घटनामा घाइते बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन

222
VIEWS

काठमाडौँको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । पेप्सीकोला दुर्घटनामा सशस्त्र प्रहरी बल नं। २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो ।

जडिबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बोलेरो गाडीलाई आज बिहान ठक्कर दिएकाे थियाे ।

दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।

स्कुटरमा रहेकी सशस्त्र प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै स्कुटरमा सवारघाइते जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा १४ जना घाइते भएका थिए ।

।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र ५ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित