Khabar Samachar

Search
Close this search box.

गैह्रीगाउँ हत्या प्रकरण : सञ्जय भण्डारीले स्वीकारे अपराध

233
VIEWS

काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ ।

शुक्रबार राति तीनकुनेस्थित दिव्य स:मिलमा चार जनाको हत्यापछि आरोपी युवक सञ्जय भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो ।

भण्डारी दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार विहान पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

आरोपी भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार साँझ नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । बोल्न नसक्ने भण्डारीले दोभासेमार्फत प्रहरीमा बयान दिएका छन् ।उनले आफ्नो रिसइबी नवीन राईसँग रहेको तर घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । नवीनले केही समयअघि आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा कुरा गर्न जाँदा दुर्व्यवहार गरेको बयान दिएका प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित