Khabar Samachar

मूल्यवृद्धिमा सरकारको भूमिका छैन, स्वचालित प्रणाली हो – प्रधानमन्त्रीको सचिवालय

203
VIEWS

पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्नुमा सरकारको भूमिका नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव गंगा दाहालले मूल्यवृद्धिको चर्को विरोधको जवाफ दिँदै यसमा सरकारको हात नरहेको बताएकी हुन् ।

दाहालले प्रधानमन्त्रीको सचिवालयका तर्फबाट जवाफ दिँदै अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत मूल्य निर्धारण हुने र यसमा सरकारको भूमिका नहुने दाबी गरेकी हुन् ।

दाहालले भनेकी छन्, ‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणालीअन्तर्गत निर्धारण हुने गर्दछ, यसमा सरकारको भुमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालितरूपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ १ आशा गरौं चाडपर्वको मुखमा मूल्यवृद्धिको कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ ।

उनले सरकारले केही राहतको कार्यक्रम ल्याउने आश्वासनसमेत दिएकी छन् । सरकारले यसबीचमा पटकपटक मूल्यबृद्धि गर्दा जनताले चुल्हो बाल्न नसक्ने अवस्था आएको छ । खाना पकाउ‍ने ग्यास र पेट्रोलियमात्र होइन दैनिक उपभोग्य वस्तुको मूल्यसमेत तेब्बरसम्म वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित