Khabar Samachar

कांग्रेस सभापति देउवा अस्वस्थ, तीन दिनदेखि भेटघाट बन्द

213
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । राजनीतिक भेटघाट बन्द गर्नु भएको छ ।’ विश्वकर्माका अनुसार देउवालाई सुरुमा रुघाखोकी लागेको थियो ।‘सुरुमा रुघाखोकी लागेको थियो। टन्सिल बढ्यो । हल्लाका ज्वरो पनि आयो । अहिले उहाँ आराम गरिरहनु भएको छ,’ उनले भने । देउवाले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए । ‘टन्सिल हुँदा बोल्न गाह्रो हुँदा भेटघाट बन्द गर्नु भएको हो । स्वास्थ्य अवस्था सामान्य नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित