Khabar Samachar

Search
Close this search box.

यूएईमाथि नेपालको ५ विकेटको जित

201
VIEWS

त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जीत हो ।यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य नेपालले ४ बल अगावै पछ्यायो । दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै मात्र १५ बलमा ४० रन बनाउँदै नेपाललाई जीतसम्म डोर्‍याए । उनले ६ छक्का र १ चौका हिर्काए । नेपालले सुरुवात भने खराब गरेको थियो । तेस्रो ओभरमा नै नेपालले ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । पहिलो ओभरमा नै कुशल भुर्तेल मात्र १ रन बनाएर आउट भने लगत्तै अर्को ओभरमा सोमपाल कामी पनि २ रन बनाएर आउट भए । त्यसै गरी कुशल मल्ल शून्य रनमा आउट भएका थिए ।त्यसपछि कप्तान रोहित पौडेलले ओपनर आसिफ शेखसँग मिलेर नेपालको पाली सम्हालेका थिए । शेखले ५० बलमा ६२ रन बनाए । उनले यसक्रममा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै कप्तान पौडेलले ४२ बलमा ४७ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका र ५ छक्का हिर्काए । अरविन्दले पनि ५१ बलमा ४५ रन बनाए । उनले यस क्रममा चार चौका हिर्काए ।

त्यस्तै, आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाष बोहराले २–२ विकेट लिए भने करन केसी र गुल्सन झाले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित