Khabar Samachar

Search
Close this search box.

यूएईमाथि नेपालको ५ विकेटको जित

202
VIEWS

त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जीत हो ।यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य नेपालले ४ बल अगावै पछ्यायो । दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै मात्र १५ बलमा ४० रन बनाउँदै नेपाललाई जीतसम्म डोर्‍याए । उनले ६ छक्का र १ चौका हिर्काए । नेपालले सुरुवात भने खराब गरेको थियो । तेस्रो ओभरमा नै नेपालले ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । पहिलो ओभरमा नै कुशल भुर्तेल मात्र १ रन बनाएर आउट भने लगत्तै अर्को ओभरमा सोमपाल कामी पनि २ रन बनाएर आउट भए । त्यसै गरी कुशल मल्ल शून्य रनमा आउट भएका थिए ।त्यसपछि कप्तान रोहित पौडेलले ओपनर आसिफ शेखसँग मिलेर नेपालको पाली सम्हालेका थिए । शेखले ५० बलमा ६२ रन बनाए । उनले यसक्रममा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै कप्तान पौडेलले ४२ बलमा ४७ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका र ५ छक्का हिर्काए । अरविन्दले पनि ५१ बलमा ४५ रन बनाए । उनले यस क्रममा चार चौका हिर्काए ।

त्यस्तै, आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाष बोहराले २–२ विकेट लिए भने करन केसी र गुल्सन झाले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित