राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, जर्मनी र इटाली भ्रमण स्थगित गरेका छन्। राष्ट्रपति पौडेल तीन देशको भ्रमणका लागि कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम थियो। मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो।
राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको राष्ट्रपति कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
जाजरकोट केन्द्र भएर गत शुक्रबार भूकम्प गएको र ठूलो जनधनको क्षति भएको भन्दै यस्तो बेला विदेश भ्रमणमा नजान राष्ट्रपतिलाई आग्रह हुँदै आएको थियो।
Discussion about this post