अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ ।
आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।
अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए ।
खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका खर्च र अन्य कामकारबाहीका बारेमा छानबिन पनि गर्ने घोषणा गरेका थिए ।
Discussion about this post