Khabar Samachar

चारदेशीय महिला क्रिकेटमा नेपाल तान्जनियासँग पराजित

206
VIEWS

हङकङमा चलिरहेको चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।

हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङको गरेको तान्जनियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो। जवाफमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङमा धरासायि बन्दा १६.५ ओभरमा ८८ रनमा समेटियो।

नेपालका लागि सिता रानामगर र कप्तान इन्दु वर्माले दोहोरो रनको स्कोर बनाउनु बाहेक अन्य कुनैपनि ब्याटर क्रिजमा टिक्न सकेनन्। सीता ४३ रन बनाएर आउट भएकी थिइन भने इन्दु १५ रनमा पेभिलियन फर्किइन्।

नेपालका ९ ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा तान्जनियाका लागि सोफिया जेरोमीले २.५ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ३ विकेट लिइन्। त्यस्तै निमसा पिउसले २ विकेट लिएकी थिइन्।

त्यसअघि तान्जनियाका लागि आइसा मोहमदले २१ रन बनाउँदा हुद्दा ओमारीले २६ बलमा २ चौकासहित २५ रन बनाइन्। त्यस्तै फटुमा किवासुले ११ रन बनाउँदा मनिसका पस्कालले १० रन बनाएकी थिइन्। नेपालका लागि संगिता राईले २ तथा कप्तान इन्दू बर्मा, पूजा महतो र पूर्वकप्तान रुविना क्षेत्रीले समान १-१ विकेट लिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित