Khabar Samachar

जम्मु-कश्मिरको डोडामा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु

213
VIEWS

भारतको जम्मु-कश्मिरमा बस दुर्घटना  हुँदा मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ।

बुधबार किस्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रमा सडकबाट ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

बिबिसी हिन्दीका अनुसार दुर्घटनामा परी चालकसहित ३९ जनाको मृत्यु भएको हो।

दोडा–बटोटे राष्ट्रिय राजमार्गको राजगढबाट करिब ४ किलोमिटर अगाडि बस सडकबाट चिप्लिएर पुरानो जीर्ण सडकमा खसेको हो। ३८ सिट क्षमताको बसमा ५६ जना यात्रु सवार रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

घुम्ति सडक र तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएर बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई  २ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित