Khabar Samachar

ललितपुरमा पनि निषेधाज्ञा- यी ठाउँमा ६ महिना आन्दोलनका कार्यक्रममा रोक

202
VIEWS

ललितपुरका केही स्थानमा पनि निषेध आदेश जारी गरिएको छ । ललितपुरका सीडीओ रुद्रप्रसाद पण्डितले एक आदेशमार्फत आजदेखि ६ महिनासम्मका लागि निषेधादेश जारी गरेका हुन् ।ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी ६ महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन, नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रमलाई निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

ती क्षेत्रको पूर्वतर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेध क्षेत्र घोषणा गरिएको हो ।

दुर्गा प्रसाईँ र एमालेनिकटक युवा र विद्यार्थीको घोषित मंसिर ७ को प्रदर्शनले सुरक्षा चुनौती बढाएको भन्दै हिजोमात्र काठमाडौं प्रशासनले माइतीघरदेखि बानेश्वरसम्मको रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित