Khabar Samachar

लुम्बिनी प्रदेशमा थपिए दुई मन्त्री, सरकार अझै अपूर्ण

210
VIEWS

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन्  ।बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् । प्युठाना रोज राणा भनेर चिनिने सरोज थापालाई भने उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मन्त्रालय दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । राणा चलचित्रकर्मी हुन् ।गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीकोले गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डामा देखिएको किचलोका मन्त्रिपरिद्‌लाई पूर्णता दिन सकेका थिएनन् । लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैंले राख्ने बताएका छन् ।नेपाली कांग्रेसको संस्थापन पक्षले मन्त्री नियुक्तिमा एकलौटी गरेको असन्तुष्टि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित