Khabar Samachar

Search
Close this search box.

फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोके

216
VIEWS

सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति बन्चरेडाँडाका स्थानीयले अस्वीकार गरेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंको फोहोर फाल्न पुगेका टिपरलाई स्थानीयले अवरोध पुर्याएका हुन् ।

यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय,काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने निर्णय गरेको थियो। सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने उल्लेख थियो ।

त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ । तर वार्ता टोलीको निर्णयलाई स्थानीयले अस्वीकार गर्दा फोहोर व्यवस्थापनमा पुन सकस देखिएको छ ।

‘यहाँ पहिले पनि स्थानीयले फोहोर रोक्दै आएका थिए, आज पनि हामीसँग सहमति भएको छैन भन्दै अवरोध गरेका छन्,’ उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित