सत्ता गठबन्धनका उमेदवारले सोमबार राष्ट्रियसभाको लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका छन्।
बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर कांग्रेस, माओवादी र नेकपा एसका गरी चार जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
कांग्रेसका विष्णुदेवी पुडाशैनी र जीतजंग बस्नेत,माओवादीका श्रीकृष्ण अधिकारी र नेकपा एसका घनश्याम रिजाल विश्कर्माले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन अन्तर्गत (पुस २३) गते उम्मेदवारी दर्ताको तालिका भएकाले अन्य प्रदेशमा पनि धमाधम उम्मेद्वारी दर्ता चलिरहेको छ।
Discussion about this post