काठमाडौंको नागढुंगामा लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा सातजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार गरिएको चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
ट्राफिक प्रहरीले बा २ ख ४० १७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका–१७ का २४ वर्षीय मिलन गिरी, ग १ ख २९ ७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका–१ का ३५ वर्षीय मिनबहादुर तामाङ, बा ३ ख २१ ९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोइरालालाई नियन्त्रणमा लिएको हो ।
यसैगरी, बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भीमसेनथापा गाउँपालिका–४ का २२ वर्षीय भुवन सुर्खेती, ना ७ ख १३ ८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटक बहादुर मगर, लु २ ख ३३ ५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ का ३३ वर्षीय पवन थापा र ना ५ ख ७७ ७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका–८ का ३० वर्षीय प्रजय कार्की पनि ट्राफिक प्रहरीको नियन्त्रणमा छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त थानकोट पठाइएको छ ।
Discussion about this post