Khabar Samachar

Search
Close this search box.

गौतम बुद्ध क्रिकेट रंगशालामा भरतपुर मेयर कप क्रिकेट हुने

217
VIEWS

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

भरतपुर महानगरपालिकाको आयोजनामा आगामी माघ २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा २० वटा विद्यालय सहभागी हुने महानगरले जनाएको छ। चितवन जिल्ला क्रिकेट संघ प्रतियोगिताको सहआयोजक रहेको छ।

प्रतियोगिताका लागि मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज चितवनले गर्ने भएको छ।

एक्सपर्ट एजुकेसनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र भरतपुर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले मंगलबार प्रायोजनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

प्रतियोगितामा सहभागी हुने चितवनका १० वटा सामुदायिक विद्यालयलाई एक्सपर्टले ८ लाख ६० हजार रुपैयाँ बराबरका खेलकुद सामग्री प्रदान गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले बताए।

एक्सपर्टले १६० खेलाडीलाई जर्सी, १० वटा टिमलाई न्यूनतम खेलकुद सामग्री (किट), विजेता एक टिमलाई ६० हजार र उपविजेता एक टिमलाई ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्न लागेको अधिकारीले जानकारी दिए।

भरतपुर महानगरपालिका मेयर रेनु दाहालले महानगरको आधिकारिक खेलकुद प्रतियोगितामा निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग आएको बताइन्।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही २० देशमा ६० भन्दा बढी शाखामार्फत सेवा दिइरहेको एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका युनिभर्सिटी तथा कलेजहरूमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भरपर्दो, आधिकारिक र विश्वसनीय परामर्श सेवा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित