Khabar Samachar

Search
Close this search box.

धनगढीमा पाँचतले घरबाट हाम फालेर व्यापारीले गरे आत्महत्या

229
VIEWS

धनगढीका एक व्यापारीले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार बुधवार बिहान ११ बजेर २६ मिनेटमा उनले छतबाट हामफालेको थिए।

घाइते अवस्थामा भुइँमा बजारिएका उनको उपचारका लागि धनगढीकै नवजीवन अस्पतालमा लगिएको थियो।

त्यहाँ डाक्टर उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

अहिले अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित