Khabar Samachar

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

201
VIEWS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार विशेषअदालत काठमाडौँमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहाविरुद्ध मुद्दा दायर गरेको हो।

ख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार काठमाडौंस्थित विशेष अदालतमा महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन का.मु. उपनिर्देशक पवनकुमार लालकर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरूद्ध मुद्दा दायर गरेको हो।

उद्योगका लागि ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ- भिएफडी’ खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्य समेत यकिन नगरी लागत अनुमान नगरी सामग्री खरिद गरेको आरोप उनीहरूमाथि छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कर्मचारीहरुले मिलोमतोमा आवश्यकता भन्दा बढी सामान खरिद गरेर उद्योगलाई घाटा पुर्याएको बताए। उनका अनुसार उद्योगका लागि Variable Frequency Drive (VFD) खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको पाइएको छ।

आयोगले अभियोग पत्रमा सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामाग्रीमध्ये 160 KW VFD Panel (Part-A) उदयपुर सिमेण्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको उल्लेख गरेको छ।

त्यस्तै आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविक रुपमा वढी सामान खरिद गर्दा २२ लाख ७८ हजार ३०५ रुपैयाँ राज्यलाई घाटा पुगेको आयोगको ठहर छ। आयोगले त्यति नै रकम बिगो कायम गरेर मुद्दा दायर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित