Skip to main content

Khabar Samachar

Search
Close this search box.

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

227
VIEWS

यू-१९ विश्वकप क्रिकेटमा नेपाली यूवा टोली सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तान विरुद्धको निर्णायक खेलमा ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्द चम्किदा नेपालले संघर्षपूर्ण रुपमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनायो। जितसँगै समूह ‘डी’ बाट पाकिस्तान, न्युजिल्यान्ड र नेपालले सुपर सिक्समा स्थान बनाउँदा अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो।

दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य नेपालले ४४.३ ओभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालको जितमा कप्तान देव खनालले ५८ रनको सानदार इनिङ खेले। जारी विश्वकपमा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा खनालले ८९ बलमा ७ चौका प्रहार गरेका थिए। त्यस्तै दिपक बोहरा २७ रनमा आउट भए। त्यस्तै आकाश त्रिपाठीले १६ रन बनाए भने ओपनर अर्जुन कुमालको नाममा १० रन रह्यो। अफगानिस्तानका लागि नसिर खान मारोफखिल र खालिल अहमेदले २-२ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान १ सय ४५ रनमा समेटिएको थियो। सुरुवतामा पूर्ण रुपमा हावी भएको नेपाल विरुद्ध पछिल्लो क्रम समालिंदा कमजोर स्कोरबाट अफगानिस्तानले तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। ४३ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले सातौं विकेटका लागि ४२ रनको साझेदारी गर्‍यो। उसका लागि महत्वपूर्ण साझेदारी भने नवौं विकेटका लागि भयो। नवौं विकेटका लागि कप्तान नसिर खान र फरिदोन दावदजाइले ५५ रनको साझेदारी गर्दै टिमको कमजोर स्कोरलाई समालेका थिए।

अफगानिस्ताका लागि कप्तान नसिर ३१ रनमा आउट हुँदा एएम घजनफारले ३७ रन बनाए। त्यस्तै फरिदोन दावदजाइले २९ रन बनाए। नेपालका लागि आकाश चन्दले ५ विकेट लिंदा दिपेश कँडेलले २ विकेट लिए। त्यस्तै गुल्सन झा, शुभाष भण्डारी र तिलक भण्डारीले समान १-१ विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित