Skip to main content

Khabar Samachar

Search
Close this search box.

बालकुमारी घटना हुनुमा मन्त्री ज्वालाको कमजोरी : जाँचबुझ आयोग

207
VIEWS

ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ ।

सुरक्षा व्यवस्थालाई बेवास्ता गरेको भन्दै आयोगले उक्त घटनामा मन्त्री ज्वालाको दोष देखिएको आयोग स्रोतले बताएको छ।

‘मन्त्रीज्यूले सुरक्षा अवस्थाबारे जानकारी नलिई घटनास्थलमा पुगेको देखिएको भन्ने छ। उहाँले यसबारे नैतिक जिम्मेवारी समेत लिन चाहनुभएको देखिएन,’ स्रोतले भन्यो।

आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ। मन्त्री ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगको ठहर छ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य रहेको उक्त आयोगले शुक्रबार उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवदेन बुझाएको हो।

उक्त समितिले मन्त्रीको मुख्य दोष देखिएको भने पनि निलम्बित दुई प्रहरी अधिकारीको पनि केही कमजोरी औंल्याएको छ। डिएसपी उमेश लम्साल र पिएस‌ओ बोधराज दनुवारलाई विभागीय कारबाही सिफारिस गरेको पनि आयोग स्रोतले बतायो।

फिल्ड कमाण्डर समेत रहेका डिएसपी लम्सालले अश्रुग्यासका सेलहरू पहिल्यै प्रयोग गरिसकेको, माथिल्लो निकायसँग समन्वय नगरी गोली चलाएको र मन्त्री ज्वाला भएको ठाउँसम्म पुग्नेक्रममा अश्रुग्यास सेलहरू सकेको पाइएको भन्दै कमजोरी देखिएको बताएको हो।

यता पिएसओ दनुवारले भने यस्ता घटनाबारे पहिल्यै अवगत हुनुपर्ने, घटनाबारे थाहा पाइसकेपछि पनि जबरजस्ती गर्न नहुने आयोगको निष्कर्ष छ। मन्त्रीको रूटबारे पनि पहिल्यै जानकारी लिनुपर्ने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित