Skip to main content

Khabar Samachar

Search
Close this search box.

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

204
VIEWS

नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । निगमको कार्यकारी पदका लागि ३ जनाको नाम सिफारिसमा परेको थियो । त्यसमध्येबाट आज बसेको मन्त्रीपरिसदको बैठकबाट भट्ट नियुक्त भएको उद्योग मन्त्री रमेश रिजालले रातोपाटीलाई जानकारी दिए ।
उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो । तीन जनामध्ये भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका थिए ।
निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली छ । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट, उद्योग मन्त्रालयले ३ जनाको नामावली प्रकाशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित