Skip to main content

Khabar Samachar

Search
Close this search box.

नवनियुक्त १६ मन्त्रीले लिए शपथ

217
VIEWS

नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्। उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन्।

सरकारले बुधबार नै तीन जना उपप्रधानान्त्री बनाइसकेको छ। तीमध्ये नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री बनेका छन्। यसअघि गृहमन्त्री रहेका श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रीको शपथ लिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्। गत वर्ष एक महिनामै गृह मन्त्रालयबाट बाहिरिएका लामिछानेको गृहमा यो दोस्रो पुनरागमन हो। यी मन्त्रीहरूसँगै बुधबार १९ जना मन्त्रीले शपथ लिए।

मन्त्रीहरुको कार्यविभाजन यस्तो छ–

  • एमालेबाट

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

  • माओवादीबाट

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन

  • रास्वपाबाट

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा

  • एकीकृत समाजवादीबाट

भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

धनबहादुर बुढा, सहरि विकास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित