Skip to main content

Khabar Samachar

Search
Close this search box.

सिन्धुलीमा एनसेलको टावरमा बम विस्फोट

203
VIEWS

सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट गराइएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालका अनुसार गएराति साढे १ बजे कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो।

‘बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा सामान्य क्षति पुगेको छ’, डीएसपी दाहालले भने, ‘वैकल्पिक उपायबाट मोबाइल सेवा अवरुद्ध भने हुन दिइएको छैन।’

डीएसपी दाहालका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ। ‘पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन्। त्यसमा एनसेलले ठगी गरेको आरोप लगाइएको छ’, उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित