Khabar Samachar

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता निलम्बन

205
VIEWS

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् । तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेशम चौधरी पक्षका हुन् ।

पटकपटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको आरोपसहित घनश्यामलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।
श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित