Skip to main content

Khabar Samachar

Search
Close this search box.

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता निलम्बन

205
VIEWS

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् । तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेशम चौधरी पक्षका हुन् ।

पटकपटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको आरोपसहित घनश्यामलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।
श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित