Khabar Samachar

Search
Close this search box.

ललितपुरमा आगलागी हुँदा ५ जना घाइते

205
VIEWS

ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी पाँच जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन्।

आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ। आगलागी नियन्त्रणमा आउने क्रममा रहेको एसपी सुवेदीले बताए।

‘मोबिल राखेको ठाउँ भएकाले आगो नियन्त्रणमा लिन समय लागेको हो,’ उनले भने।

घाइतेहरू पाँचै जनालाई किष्ट अस्पतालमा लगिएको छ।

३ वर्षीय, ८ वर्षीय र १५ वर्षीय बालक घाइते छन्। त्यस्तै करिब ३५ वर्षीय सञ्‍जय गिरी र  रूपा गिरी पनि घाइते छन्।

एसपी सुवेदीका अनुसार तीन जना बालकको अवस्था गम्भीर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित