Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

202
VIEWS

नेपाल र चीनबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि उनीहरूकै उपस्थितिमा दुवै देशका सम्बन्धित अधिकारीहरूले ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ गएको हो। मंसिर २० गते फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित