Khabar Samachar

Search
Close this search box.

‍मतगणना भएका काठमाडौंका ८ वडामा बालेन कुन वडामा पाए कति मत?

329
VIEWS

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम राखेका छन्।

मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेनले ९६१४ मत पाएका छन्। दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५१५७ मत पाएका छन्।

अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ वडाको मत गणना भइरहेको छ।

मतगणना सकिएका वडा नम्बर १ र २ मा बालेनले क्रमश: ७८३ र १२२० मत पाएका छन्। यी दुई वडामा स्थापितले ३६५ र ७२८ मत पाएका थिए भने सिंहले ४५१ र ४९७ मत ल्याएकी थिइन्।

मतगणना जारी रहेका ३, ४, ५ र ६ वडामा अहिलेसम्म बालेनले क्रमश: १५६६, १८२६, ८२२ र ३६९ मत पाएका छन् भने ३१ मा ९५१ र ३२ मा २०७७ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित