Khabar Samachar

Search
Close this search box.

फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई ल्याउन बालेनले थाले छलफल

221
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउनेबारे लगानी बोर्ड नेपालसँग छलफल गरेका छन् । मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुशील भट्टसँग मेयर साहले यसअघि कार्यान्यन गर्न अगाडि बढाइएको परियोजनाको प्रभावकारिता, असर र चुनौतीबारे छलफल गरेका छन् ।

लगानी बोर्डका सहकायक प्रवक्ता रमेश अधिकारीका अनुसार लगानी बोर्डले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउँदाका सकारात्मक पक्षबारे साहलाई जानकारी गराएको छ । यसअघि भएका तयारी र त्यसलाई निरन्तरता नदिंदा आउनसक्ने चुनौतीबारे पनि साहसँग छलफल भएको उनले बताए ।

मेयर साहले निजी क्षेत्र ल्याउने विषयमा सकारात्मक भएपनि बञ्चरेडाँडा क्षेत्रमा सामाजिक रुपमा उठेका मुद्दा सम्वेदनशील भएको बताएका थिए । उनले उपत्यकाका अन्य नगरपालिकाहरुसँग पनि छलफल गरेर फोहोर व्यवस्थापनमा वैज्ञानिक विधि अबलम्बन गरिने बताए छन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने सरकारी प्रयास सुरु भएको झण्डै ११ वर्ष बितिसकेको छ । काठमाडौंको फोहोर व्यस्थापन र उपयोगको जिम्मा निजी क्षेत्रलाई दिएर महानगरलाई फोहोरबाट आम्दानी गराउने योजना अहिलेसम्म अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित