Khabar Samachar

काठमाडौँ महानगरपालिकाले डेढ वर्षभित्र विद्युत‍्का तार अन्डरग्राउन्ड गर्ने योजना

203
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए ।‘अबदेखि काठमाडौंका सबै सरोकारवालाहरु सहकार्य गरेर हिँड्नेछौं,’ उनले भने, ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ। जुनमा महानगरपालिकाको सहकार्य रहनेछ।’सडक बत्तीदेखि ढलसम्मका समस्याहरु समाधानका लागि महानगर लागेको भन्दै उनले भने, ‘यसपालि वर्षात्को बेलामा परेको कारणले तुरुन्तै गर्न सकिएन् होला। हामी अनुभूति हुनेगरी काम गर्छौं।’मेयर शाहले हरेक घरमा रिभर्स बोरिङ गर्नपर्ने प्रस्ताव अघि सारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित