Khabar Samachar

Search
Close this search box.

बलात्कार आरोपी मनोज पाण्डेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

235
VIEWS

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा मानव ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। उक्त मुद्दाको अनुसन्धान सकेर काठमाडौंको सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पाण्डेविरुद्ध अर्की नाबालिकाले पनि यौन दुव्र्यवहारको जाहेरी दिएकी थिइन् । बाल यौन दुरुपयोग गर्न नहुने कसुरमा प्रहरीले उनलाई ३ वर्ष कैद र ३ हजार जरिवाना हुनुपर्ने अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान अधिकृतले मानव बेचविखन विरुद्धको कसुरमा हदैसम्म कैद र जरिवानाको मागदाबी लिनुपर्ने प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छन् ।

‘केही दिनअघि अनुसन्धान सकेर कार्यालयमा बुझाइएको छ। अब थप प्रक्रिया अघि बढ्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित